
काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् ।
१७ गते दुबईबाट फर्किएकी वडा नम्बर ४ की २१ वर्षीया युवती क्वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरिले जनाएको छ ।
काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।
घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको एसपी पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।
क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आत्महत्या गर्न बाध्य बनेको भन्दै मृतकको आफन्तले स्वास्थ्य कार्यालयमा आक्रमण गरेका थिए । आक्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रवि कुमार पौडेल जानकारी दिए । उनका अनुसार आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।
दुबईबाट आएर ६ दिनदेखि स्वास्थ्यचौकीको छुट्टै भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । सोही वडाका वडाध्यक्ष र एकजना कर्मचारीले उनको बसाइ, स्वास्थ्य अवस्था र खानपिनको बारेमा आजै जानकारी लिएको पनि थियो,’ गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले भने, ‘उनले कुनै पनि गुनासो नगरेको जानकारी मलाई वडाध्यक्ष ज्यूले दिनुभएको थियो । तर गाउँपालिकाको एउटा बैठक सकेर उठ्ने बेलामा उनले आत्महत्या गरेको खबर पाएँ ।’