
केरलाको कोझिकोडको करिपुर एयरपोर्टमा एयर इंडिया एक्सप्रेस विमान ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको छ । उक्त विमानमा पायलट र चालक दलका सदस्यहरू सहित १९१ यात्रु थिए।
जसमा १२८ पुरुष, ४६ महिला र १० बच्चाहरू रहेका थिए। दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन । घाइते मध्य १५ जनाको अव्स्था गम्भीर बताईएको छ |
निधन भएका १६ जना मध्य दुईजना विमानका पाईलट रहेका छन् ।
जानकारीका अनुसार एयर इंडियाको दुबई-क्यालिकट उडान (इक्स्-१३४४) शुक्रबार साँझ ७:४१ बजे ल्यान्डिङ्ग रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। विमान चिप्लिएर ३० फिट गहिरो खाल्डोमा खसेको बताइएको छ|