
गएराति सम्पन्न यूरोपियन च्याम्पियन्स लिग फुटबलको दोस्रो लेगको खेलमा रियल मड्रिड म्यानचेस्टर सिटीसँग र युभेन्ट्स लियोन संग हारेको छ । यो हार संगै दुवै टीमको च्याम्पियन्स लिग यात्रा समाप्त भएको छ ।
पहिलो खेलमा म्यान्चेस्टर सिटीले रियल मड्रीडलाई २-१ ले हराउँदै समग्रमा ४-२ को जीत निकालेर क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेग २-१ ले जितेको सिटीले रहिम स्टर्लिङको ९ मिनेटमा गरेको गोलसंगै अग्रता लिएको हो । खेलको २८ औं मिनेटमा करीम बेन्जेमाले बराबरी गोल गरे ।
६८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए र खेल म्यानचेस्टर सिटीको पोल्टामा पर्यो ।

त्यस्तै दोस्रो खेलमा युभेन्ट्सले २ गोल गरेपनी हार भने टार्न सकेन । समग्रमा खेल २-२ को बराबरी भए पनि अवे गोलका आधारमा युभेन्ट्स पछि पर्दै च्याम्पियन्स लिग बाट बाहिरियो ।
उक्त खेलमा क्रिश्चियानो रोनाल्डोले ४३औ र ६०औ मिनेटमा दुई गोल गरेपनी युभेन्ट्सले हार टार्न सकेन ।
अब क्वाटरफाइनल खेलमा लियोन र म्यान्चेस्टर सिटी प्रतिस्पर्धा गर्नेछन् ।