८ बैशाख २०८२, सोमबार

करिब एक करोड पच्चिस लाख बराबरको चेकहरुसहित नेपाल बिद्युत प्राधिकरण, धनुषाका कार्यालय प्रमुख रितेश गुप्ता पक्राउ

ciaa

नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप-प्रबन्धक रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक करोड पच्चिस लाख बराबरको चेकहरुसहित पक्राउ गरेको छ ।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटेको पाइएको छ । उनले उक्त चेकहरु लिएर काठमाण्डौं जाँदै थिए|

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज रितेश गुप्तालाई शंकास्पद रुपमा रु १,२४,९१,१४५।२० (एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा) पक्राउ गरेको हो ।

हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर उनि काठमाडौं जाँदै थिए । काठमाडौं पुग्नु अगावै उनलाई जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.९ बाट उक्त कार्यालयका चेकहरु तथा सो सँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पश्चात उनी माथी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारी ले बताएका छन्।