८ बैशाख २०८२, सोमबार

पेप्सीकोलामा जन्माएर फालिएको शिशुको आमा पत्ता लागिन

newly born
सांकेतिक तस्विर

आज बिहान राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा फेला परेको जिवित नवजात शिशुको आमा भेट्टिएकी छिन ।

कपडाले बेरेको अवस्थामा जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको थियो ।

खोजी गर्ने क्रममा १७ वर्षीया किशोरी शिशुको आमा भएको पत्ता लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले बताए ।

अहिले शिशु र आमा दुवै एक संस्थाको संरक्षणमा रहेका छन भने बाबु पत्ता लागेपछि जिम्मा लगाउने योजना प्रहरीको छ ।

    सम्बन्धित समाचार...