
प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका चार जनालाई पक्राउ गरेको छ ।
सुटकेशभित्र प्रयोग हुने तारको आकार बनाएर सुन तस्करी हुन थालेको छ । आइतबार फ्लाई दुबईको रेस्क्यू फ्लाईटमा बाहिरबाट सेतो रंग लेपन गरेर सुन लिएर आएका चार जनालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।
कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।
शंकास्पद रुपमा सुटकेशमा फेला परेको १ किलो ७ सय ग्राम ‘सुन’ परीक्षण गर्न पठाइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीले जानकारी दिए ।
विमानस्थल भन्सारले अवैध रुपमा ‘सुन’ लिएर आउने सिता स्याङतान, धन बहादुर विक र दोलखा घर भएका सेनाम लामानाम गरेका दुई जनालाई पक्रेको छ ।

प्रहरीले भने सुनलाई चाँदीले लेपन गरेको आशंकामा परीक्षण गर्न पठाएको छ ।
संयुक्त अरब इमिरेट्स युएईबाट आएका उनीहरुबाट १७५७.४ ग्राम धातु बरामद गरिएको छ । उक्त धातुलाई बाहिरबाट चाँदीले लेपन गरिएको छ । ‘सुन परीक्षण गर्न पठाएका छौं, बाहिर सेतो लेपन गरिएको छ’ केसीले भने, ‘परीक्षणपछि मात्रै सुन हो–होइन भन्ने थाहा हुन्छ ।’
सुटकेशमा सुन लिएर आउनेहरु दुवईबाट काठमाडौं आएका हुन् । विमानस्थलको एक्सरेले मेसिनले संकेत गरेपछि भन्सारका अधिकारीले उनीहरुको लगेज पुनः चेकजाँच गरेका थिए ।