
आज दिउँसो गोङ्गबु हत्याकाण्डको जानकारीको लागी गरिएको प्रेस सम्मेलनमा सरकारले लागु गरेको कोरोना संबन्धित आचार संहिताको धज्जी उडाउँदै युट्युबरहरुले सम्मेलन स्थलनै आफ्नो कब्जामा रहेको भान गराए भने सरकारी नियम पालना गराउने प्रहरी मुकदर्शक बने ।
सरकारले कोभिड नियन्त्रणको लागी २५ जना भन्दा बढी जम्मा हुन नपाउने नियम जारी गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउने र नियम उल्लङ्घन गर्नेलाई जरिवान गराउन भनेर रसिद नै दिएको छ ।

आजको प्रेस सम्मेलनको दृश्यले यो सबैलाई गिज्याउँदै थियो ।
युट्युबमा लाईव गराएर आफ्नो भ्यु र कमाई बढाउने चक्करमा लागेकाहरु थुप्रीदा पेशागत मर्यादा पालन गर्दै कलम चलाउने सन्चारकर्मीहरु निकै पछाडी परेको देखिन्थ्यो । धेरै युट्युबरहरुले प्रेस सम्मेलन लाईव गर्नकै लागी धेरै अगाडी आएर अग्रपंक्तिका भाग कब्जा गरेर बसेको देखिन्थ्यो ।
प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले पनि ट्विट्टरमा लेखे “‘कोरोना संक्रमणबीच प्रहरीको पत्रकार सम्मेलनमा यस्तो भीड, मान्छेभन्दा क्यामेराको पीर!’”