
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर अनिवार्य परीक्षण गराउन व्यवसायी तथा कर्मचारीहरुलाई आग्रह गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन आग्रह गरेको हो ।
पछिल्लो समय कोभिड-१९ को संक्रमण बढेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने बुधबार सूचना जारी गरिएको हो ।
‘नेपालका घनावस्ती भएका जिल्लाहरुका विभिन्न शहरहरुमा कोभिड १९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने गराउने व्यवस्था गर्न गराउनु हुन अनुरोध गरिन्छ ।’
हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ ।
