
अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोभिड १९ को संक्रमण देखिएपछि चितवनको भरतपुर अस्पतालले एक सुचना जारी गर्दै अर्को सुचना नभएसम्म का लागी आकस्मिक सेवा बन्द गरेको छ।
साउन २९ गते अस्पतालको आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो। उनमा संक्रमण पुष्टि भएसँगै अस्पतालले आकस्मिक सेवा बन्द गर्ने निर्णय गरेको हो।
‘साउन २९ गते साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिक सेवा सिल गरिएको जानकारी गराइन्छ,’ अस्पताल प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।