
गए राती भएको च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोनाले नमिठो हार व्यहोर्नु परेको छ । बायर्न म्युनिखले बार्सिलोनालाई आठ गोल गरेसंगै बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा समाप्त भएको छ ।
थोमस मुलर र फिलिप कौटिन्होले समान दुई–दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए | मुलरले खेलको चौथो र ३१ औ मिनेटमा बायर्नलाई जित तर्फ अग्रसर गराएका थिए ।
त्यसै गरी कौटिन्होले पनि खेलको ८५औ त ८९औ मिनेटमा दुइ गोल गरे । इभान पेरिसिच, सर्ज ग्रन्बी, जोसुआ किमिच र रोबर्ट लेवान्डोस्कीले क्रमश: २१, २७,६३ र ८२औ मिनेटमा एक एक गोल गरेका थिए ।

बायर्न म्युनिखका डबिड अलाबाको आत्मघाती गोलसंगै १-१ को स्थितिमा रहेको बार्सिलोनालाई खेलामा दोस्रो गोलको स्थिती मा पुर्याउन लुईस सुआरेजले ५७औ मिनेटमा गोल गरे । सुआरेजको गोलनै बार्सिलोनाको अन्तिम गोल हुन पुग्यो ।
आज राती हुने म्यान्चेस्टर सिटी र लीयोन बिचको खेल्को विजेता र बायर्न म्युनिख च्याम्पियन्स लिग सेमी फाइनलमा भिड्नेछन ।