
स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको छ । जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षक बनाइएको थियो । तर उनले स्पानि ला लिगा र च्याम्पियन्स लिग दुवै जिताउन सकेनन् ।
बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई बर्खास्त गर्दै नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानलाई नियुक्त गरिने दाबी गरिएको छ। स्पेनिस पत्रकार गुइलेम बलागेका अनुसार सेटिनलाई सोमबार बर्खास्त गरिनेछ भने उनको स्थानमा कोम्यानलाई नियुक्त गरिने अधिक सम्भावना छ।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि ६१ वर्षीय सेटिएनको जागिर धरापमा परेको थियो ।
सिजनको स्पेनिस ला लिगामा दोस्रो भएको बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन च्याम्पियन वायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद हार बेहोरेको थियो।
बार्सिलोनाका प्रशिक्षक वफसेफ मारिया बार्तामेउले सेटिएन बाहिरिएको टेम्पो डि जुएगासँगको कुराकानीमा बताएका हुन् । उनले भनेका छन्, ‘सेटिएन इज आउट ।’
सेटिन गत जनावरीमा अर्नेस्टो भाल्भार्डेको स्थानमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए।
यसबारे क्लबले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।
अब सेटिएनको स्थानमा नेदरल्याण्ड्सको प्रशिक्षक रोनाल्ड कोएमन, टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो र अल शादका मध्ये एक जना प्रशिक्षक बन्ने चर्चा छ ।
कोएमन बार्सिलोनाका पूर्व खेलाडी समेत हुन् । यस्तै पोचेटिनोले ला लिगाकै स्पानयोलको प्रशिक्षण सम्हालिसकेका थिए । जाभी पनि बार्सिलोनाका पूर्व मिडफिल्डर हुन् ।
स्पेनिस फुटबलविज्ञ बलागेका अनुसार बार्सिलोनाले टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोसँग पनि कुराकारी गरेको छ। तर डच प्रशिक्षक कोम्यान पहिलो रोजाइमा छन्।
‘सोमबारको बोर्ड बैठकले सेटिनलाई बर्खास्त गर्नेछ,’ बलागेले बिबिसी फाइभ लाइभ युरो लिग पडकास्टमा भनेका छन्,’बार्सिलोनाले छिटै प्रशिक्षक नियुक्त गर्नेछ। किनभने उनीहरुसँग प्रिसिजनअघि दुई साताको मात्र समय छ। जसमा कोम्यान उत्तम व्यक्ति हुन सक्छन्।’
एभर्टन र साउथह्याम्टनका पूर्व प्रशिक्षक ५७ कोम्यान २०१८ को फेब्रुअरीमा नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका थिए।