
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।
२०७६ को परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि सम्बन्धित विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गरिएकाे हो।
परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।
