
विदेशमा अलपत्र परेका नेपाली कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरिएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्राचार गरेको हो ।
क्वारेन्टाइनका लागि हाल होटलको सुनिश्चितता नभएकोले उद्धार उडान स्थगनको लागी पत्रमा अनुरोध गरिएको छ ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले पाचौं चरणको उद्धार उडानमार्फत दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो ।
