
राष्ट्रकवि माधवप्रसाद घिमिरेको शवलाई अहिले केहीबेरपछि पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ । उहाँको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको थियो ।
नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरेर उहाँको अन्त्यष्टि गरिँदैछ ।
गतवर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उहाँको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र र अत्यन्त महत्वपूर्ण कवि मान्छन् ।
उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् ।