
दक्षिण पश्चिम चीनको यात्जी खोलामा बाढी आएपछि जोखिममा रहेका एक लाखभन्दा बढीमा मानिसको उद्धार गरिएको छ।
त्यहाँको १२०० वर्ष पुरानो विश्व सम्पदा क्षेत्र नै बाढीको चपेटामा परेको छ।
प्रहरी, स्वयंसेवक तथा कर्मचारीहरुले ७१ मिटर अग्लो बुद्धको लेसन विशाल मुर्ति जोगाउन बालुवाका थैलीहरुको प्रयोग गरेका छन्।
सिचुवान प्रान्तको यो क्षेत्र युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। सन् १९४९ बाट यता पहिलोपटक हिलोसहितको बाढी आएको चिनियाँ सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ।
बुधबारसम्म सिचुवानमा खतराको स्थिति कम भएको थियो तर पछि बुद्धको मुर्तिको खुट्टासम्म पानी सतह बढ्यो।

युनान प्रान्तमा पहिरोले घर बगाउँदा पाँच जना व्यक्ति वेपत्ता भएका छन्।
चीनमा यो वर्ष बाढीबाट दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्, भने २५ बिलियन डलर बराबरको क्षती पुगेको छ।
उक्त मूर्ति ७१ मिटर अग्लो छ। सच्वान प्रान्तको चङ्दुनजिकै एउटा पहरामा आठौँ शताब्दीमा बनाइएको उक्त मूर्ति यूनेस्को सम्पदा सूचीमा समाविष्ट छ।
नदीमा पानीको सतह प्रायः मूर्तिभन्दा धेरै तल हुन्छ। तर अहिले उक्त क्षेत्रमा ७० वर्षकै सबैभन्दा नराम्रो बाढी आएको छ।
उक्त क्षेत्रबाट एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
बुद्धको मूर्ति पर्यटकीय आकर्षण बनेको छ। याङ्त्सी नदी र थ्री गोर्जेजमा उक्त क्षेत्र हुँदै डुङ्गायात्रा गराइन्छ।
सिन्ह्वा समाचारसंस्थाका अनुसार बुद्धको पाउमा पानी पुग्दा चङ्दु डुबानमा पर्ने स्थानीय मान्यता छ।
सच्वान प्रान्तमा केही हप्तादेखि ठूलो वर्षा भइरहेको छ। तत्काल वर्षा रोकिने सम्भावना नभएको बताइन्छ।
याङ्त्सी नदीबाट जलविद्युत् निकाल्न बनाइएको थ्री गोर्जेज ड्यामबाट ठूलो परिमाणमा पानी आउन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
त्यसबाट चुन्चिङसहित विभिन्न स्थान डुबानमा पर्न सक्ने बताइएको छ।