८ बैशाख २०८२, सोमबार

सारी राम्रो रेशमी गीतमा गायक र संगीतकारकाे बिबाद

saree ramro reshami

केही अगाडि युट्युबमा सार्वजनिक भएकाे सारी राम्रो रेशमी बाेलकाे अडियाे भर्सनकाे गीतलाई लिएर सोही गीतका गायक प्रबिन भेटवाल र संगीतकार राज खडकाबिच बिबाद चुलिएकाे छ ।

नेपाल आइडलमा सहभागी भएका गायक प्रबिन भेटवालले राज खडकाकाे संगीतमा २ बर्ष अगाडि नै उक्त गीत गाएका थिए । सो गीतकाे सम्पुर्ण अधिकार संगीतकार राजसंग रहेकाले केही दिन अगाडि उनले गीतकाे अडियाे भर्सनलाइ युट्युबमा अपलाेड गरेका थिए ।

गीत अपलाेड भएकाे भाेलिपल्टबाटै गायक प्रबिनकाे पक्षबाट स्वयं प्रबिन लगायतले संगीतकार राजलाई किन गीत सामाजिक संजालमा हालिस, गीतमा मेराे नाम किन राखिस, तँलाई जेल हाल्छु, मेराे बुबा न्यायधीश हाे लगायतका धम्किपुर्ण कल म्यासेज आएको थिए । साथै म एपि वान टेलिभिजनकाे एसिस्टेन डाइरेक्टर हु भन्दै एक महिलाले समेत धम्काएकाे कुरा संगीतकार राजले सामाजिक संजालमा पाेष्ट गरेका छन ।

Capturer raj

राजले लेखेका छन प्रबिणलाई आफुले गीत गाउन आग्रह पनि नगरेकाे, प्रबिण आफैले उक्त गीत गाउने इच्छा देखाएर माग गरेकाे र आफुलाई अन्य साथिहरुले पनि गीत प्रबिणलाई दिन आग्रह गरेकाले दिएकाे बताएका छन ।

लिलाधर मिश्रकाे शब्द तथा संजय हमालकाे एरेन्ज रहेकाे यस गीतकाे बिबाद अझसम्म टुंगिएकाे छैन । अहिले दुई पक्षबिचकाे छलफल भइरहेकाे छ ।

https://youtu.be/iClk0nkTFi0

    सम्बन्धित समाचार...