
नेपालमा आज (शनिबार) १२,५१९ पिसिआर टेस्ट भएकोमा थप ६३४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १२,६२१ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,६५८ जना रहेका छन । पछिल्लो २४ घण्टामा १३६ जना र आज सम्म १८,३५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना गरेर उपत्यकामा २१६ जना संक्रमित थपिएका छन |
हालसम्म १३५ जना संक्रमित आईसियुमा र १२ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । हिजोसम्म भेन्टिलेटरमा १५ जना उपचाररत रहेका थिए भने आज त्यो संख्या १२ रहेको छ ।
प्रदेश अनुसार आईसियुमा १३५ जना उपचाररत छन जसमा प्रदेश १ मा १५, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १६ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछील्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । हालसम्म मृतक १४६ जनामा काेराेना पुष्टि भएकाे छ।