
धनुषामा सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका एक युवक पक्राउ परेका छन् ।
धनुषा जिल्लाको धनुषाधाम नजिक भदौ १ गते साँझ एक जना युवतीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ १ गते साँझ ६ बजेतिर १६ बर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका धनुषाधाम नगरपालिका– २ धरमपुरका १९ वर्षका विजयकुमार यादव पक्राउ परेका हुन् भने अन्य तीन जना फरार छन् ।
भदौ १ गते धरमपुर गाउँ नजिकै दिदीको घरबाट आफ्नो घरतर्फ जाँदै गरेकी २० वर्षीया ती युवतीलाई धरमपुरकै चार जना मिलेर नियन्त्रणमा लिई धान खेतमा लगेर बलात्कार गरेका थिए ।
आफ्ना दुई जना गाउँले दाजुका साथ ती किशोरी दिदीको घरतर्फ जाँदै गर्दा मोटरसइकलमा आएका चार जना युवकको समूहले सामूहिक बलात्कार गरेको किशोरीको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ ।
किशोरीको साथमा रहेका दुई जनालाई हातपात गर्दै घर पठाएर किशोरीमाथि बलात्कार भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा किशोरीले टिपाएको हुलियाको आधारमा एक जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
उनीहरुको पनि पहिचान भइसकेको र चाँडै नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
उनीबिरुद्व करणीसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट अनुमति लिएको मिश्रले बताए ।