
अछामको रामारोशन गाउँपालिकामा आएको बाढी र त्यसले पुर्याएको मानवीय र भौतिक क्षतिपछि प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीयलाई सम्बोधन गर्न गरिएको कार्यक्रममा धानबारी माडिएको छ ।
बाढी आएको पर्सिपल्ट भदौ ५ गते गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल सहितको टोली हेलिकोप्टरमा प्रभावित क्षेत्रमा पुगेका हुन ।
भदौ ३ गते स्थानीय कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनीबजारमा १७ जना बेपत्ता भएका थिए । २५ घर तथा पसल बगेको थियो । बाढीले करिब १५ रोपनी जग्गामा लगाएको धानबाली नष्ट गरेपनी बाढीबाट केही क्षेत्रको धान भने बचेको थियो ।

तर राहत बाँढ्न गएका गृहमन्त्री टोलीले झन लहलहाइरहेको धान माडेर आहत पुर्याए । राहत बाँढ्न गएका गृहमन्त्री टोलीले धान खेतमा ल्याण्ड मात्र गरेन, खेतमा भएका धान माडेर त्यही टेबल तथा कुर्सी राखेर कार्यक्रम समेत गरे ।
टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत थिए ।
स्थलगत निरीक्षण भन्दै अछामको रामारोशन पुगेको गृहमन्त्री थापा सहितको टोलीले फल्न लागेको धान खेतमा रमिता देखाएको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सामाजीक सन्जालामाअ फैलिएका तस्विरहरुमा हेलिकोप्टरमा पुगेका वरिष्ठ व्यक्तित्वहरुले भने धानखेत माथि औपचारिक कार्यक्रम गरेको देखिन्छ।
