
नेपालमा आज (मंगलबार) ११३२७ पिसिआर टेस्ट भएकोमा थप ८५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १४,२५० जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । हाल क्वारेन्टाइनमा १०,४५३ जना रहेका छन । पछिल्लो २४ घण्टामा ३१३ जना र आज सम्म १९,११९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरेर उपत्यकामा २३२ जना संक्रमित थपिएका छन |
बाग्मती प्रदेशमा १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन भने आज आईसियुमा रहेकाको कुनै तथ्यांक आएन ।
पछील्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक १६४ जनामा काेराेना पुष्टि भएकाे छ।