९ बैशाख २०८२, मंगलवार

लियोनेल मेस्सीले बार्सिलोना छाड्ने निश्चित

leo messi

सोर्‍ह बर्ष बार्सिलोनामा बिताएका मेस्सिले क्लब छाड्ने निश्चित भएको छ । छ पटकको बलोन डि ओर जितेका मेस्सिले क्लब छाड्ने निश्चित गरेका छन । यसको लागी उनले बार्सिलोना का उच्च अधिकारीहरु सामु आफ्नो कुरा राखिसकेको समाचार बाहिरिएको छ ।

शुरुमा विभिन्न माध्यमबाट मेस्सिले क्लब छाड्ने कुरा बहिरिए पनि बार्सिलोनाले नै मेस्सी ले क्लब छाड्न क्लब का उच्च श्रोत संग कुरा गरिसकेको बताएको छ ।

मेस्सीले बार्सिलोनाका नव नियुक्त प्रशिक्षक कोम्यानलाई उनको भविष्य बार्सासँग “स्पष्ट” नदेखेको बताएका छन ।

शुरुवाती हल्लाहरुमा म्यान्चेस्टर सिटिले मेस्सिलाई अनुबन्ध गर्ने अड्कल गरिए पनि मेस्सिको लागी निकै ठुलो रकम खर्चिनु पर्ने भएपछी उक्त कुरा टुङ्गोमा पुगी सकेको छैन । यसअ घि ठुलो रकम तिरेर खेलाडी भित्र्याउने फ्रान्सको क्लब पिएसजिको नाम पनि मेस्सी सँग जोडिएको छ ।