
नेपालमा आज (बुधवार) १३,२५३ पिसिआर टेस्ट भएकोमा थप ८८५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १४,७३९ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ । हाल क्वारेन्टाइनमा ९,८३२ जना रहेका छन । पछिल्लो २४ घण्टामा ३८५ जना र आज सम्म १९,५०४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरेर उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन |
प्रदेश अनुसार आईसियुमा १५१ जना उपचाररत छन जसमा प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १७ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १३ जना र प्रदेश १ मा एक जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछील्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक १७५ जनामा काेराेना पुष्टि भएकाे छ।