
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार आएको रिपोर्टअनुसार महाराजगन्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।
‘हिजोसम्म आएको रिपोर्टअनुसार २३ जना संक्रमित हुन्। एक जना निको भइसकेका छन्,’ एसपी राठौरले भने।
अहिले संक्रमित प्रहरीहरूलाई आइसोलेसनमा राखिएको उनले बताए। ‘लक्षण देखिएपछि मात्रै अस्पतालमा लगिएको छ। अरू होम आइसोलेसनमै छन्,’ उनले भने।
महारागन्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फैलिएको थियो।
गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।
त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। अहिले संक्रमितको संख्या २३ पुगेको हो।
आरोपीलाइ भने महाराजगन्जको प्रहरी अस्पतालमा राखिएको छ।
घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले बताए ।
जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।