
नेपालमा आज (बिहिबार) १२,६२९ पिसिआर टेस्ट भएकोमा थप १,१११ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,२७३ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ । हाल क्वारेन्टाइनमा ९,४८८ जना रहेका छन । पछिल्लो २४ घण्टामा ५६९ जना र आज सम्म २०,०७३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरेर उपत्यकामा ३७७ जना संक्रमित थपिएका छन |
प्रदेश अनुसार आईसियुमा १४७ जना उपचाररत छन जसमा प्रदेश १ मा ११, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १८ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १५ जना र प्रदेश १ मा २ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछील्लो २४ घण्टामा ८ जनाको निधन भएको छ । हालसम्म मृतक १८३ जनामा काेराेना पुष्टि भएकाे छ।