१० बैशाख २०८२, बुधबार

रम्भा हुँगीको सामुदायिक भवनमा आगलागी

rambha gaupailaka palpa 2

पाल्पाकाे रम्भा गाउँपालिका-१ हुँगी संगाहा स्थित सामुदायिक युवा सुचना केन्द्र, सामुदायिक बन कार्यालय र महिला समुहकाे सामुहिक भवनमा आगलागी भएको छ । आगलागीको कारण बिद्युत सर्ट भएको अनुमान छ ।

उक्त आगलागीमा २० लाख बराबरकाे सामान र १५ लाख बराबरको भवनको मुल्याङकन समेत करिब ३५ लाख बरावरको क्षती भएको युवा सुचना केन्द्रका संस्थापक नारायण डुम्रेले बताउनु भयो । उक्त आगालागीबाट ४० थान प्लास्टिकको कुर्सी, ८ थान कम्प्युटर, १ थान टिभी, टेन्ट हाउसमा प्रयोग गर्ने कपडा, भाडाकुँडा, ७ थान काठको दराज क्षती भएको प्रहरीले जनाएकाे छ ।

rambha gaupailaka palpa

२०४८ सालमा प्रग ति शिल युवा समूहद्धारा स्थापना भएको उक्त भवन २०५४ मा कृष्ण गण्डकी युवा कलव हुँदै २०६७ मा सामुदायिक युवा सुचना केन्द्रको रुपमा परिचित रहेको छ ।

यस संथामा रुम टु रिडको पुस्ताकालय समेत रहेको थियो । शौक्षिक गतिबिधी अघि बढाउन प्रयाेग भएको यस भवनको लागि गत आर्थिक बर्ष सामान खरिद र व्यवस्थापनको लागि रम्भा गाउँपालिकाले १ लाख ५० हजार बराबरको सहयोग गरेको थियो ।

प्रहरी र स्थानियहरुको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा लिइएकाे छ।

rambha gaupailaka palpa 1