
नेपालमा आज (बुधवार) १२,८७९ पिसिआर टेस्ट भएकोमा थप १,१२० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,१०८ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ । हाल क्वारेन्टाइनमा ६७६६ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,११२ जना र आज सम्म २३,२९० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरेर उपत्यकामा ३८८ जना संक्रमित थपिएका छन |
प्रदेश अनुसार आईसियुमा १४४ जना उपचाररत छन जसमा प्रदेश १ मा ७, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २० जना रहेका छन । त्यसैगरी प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा १४ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा १८ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
पछील्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । हालसम्म मृतक २५१ जनामा काेराेना पुष्टि भएकाे छ।