
मानिस शारीरिक रूपमा अशक्त भए पनि दृढ इच्छाशक्ती हुनेले साधारण मानिस जसरीनै काम गर्न सक्दछन भन्ने कुराको उदहारण हुन गंगा बिसी ।
रिब्दिकोट गाउँपालिका वडा न ६, फेक, घर भएका तर अहिले तानसेन नगरपालिका वडा न ११ बस्ने गंगा बिसी शारीरिक रूपमा अरू सामान्य मानिस भन्दा केही फरक क्षमता भएका छन । सानोमा भएको टाइफाइडका कारण उनको एक खट्टाले राम्ररी काम गर्दैन तर उनले आफ्नो क्षमतामै आधारीत अारनी काम गरेर परिवार पाल्दै अाएका छन ।
केही समय अगाडि भारतमा होटलमा काम गर्ने बिसीले पछिल्लो समयमा स्वदेशमानै आफ्नो बाबू बाजेले गरेको कामलाई निरन्तरता दिएका छन । ३८ बर्षिय बिसीका परिवारमा ३ छोरी, १ छाेरा, अामा, श्रीमती र आफुसमेत गरी सात जना रहेका छन ।
सामान्य जीवन शैली रुचाउने बिसी हाल अारानी कामबाट मासिक १२ हजार सम्म कमाउने बताउँछन । शूरूमा अाफु गाउँ छोडी अाउँदा जीवन यापन गर्न निकै कठिन भएको तर केही बर्ष अगाडि मेसिन जडान गरेर सामान बनाउन थाले पछि अहिले धेरै सहज भएको बताउँदछन । अहिले उनले हँसिया, कोदालो, खुँडा,खुकुरी लगायतका सामाग्रीहरू मर्मत तथा उत्पादन गर्ने गरेका छन ।
उनकहाँ अहिले पछिगाउँ, छापथोक्, बडहरबोट, अामडाँडा,गाबुडाँडा,तिलाहार,जुकिया लगायत अन्य ठाउँहरूबाट पनि सामाग्री मर्मत तथा उत्पादन खरिद गर्न मानिसहरू अाउने गरेको बताउँदछन ।
कारोबार नहुँदा शुरुवातमा परिवार पालना पोषण गर्न हम्मे हम्मे परेको बताउँदछन । तर पाल्पा सि वि अारका प्रमुख कृष्ण गहतराजले ग्यालेन्टर खरिद गर्न रकम उपलब्ध गराए पछि काम गर्न निकै सजिलो भएको अनुभव बताए । त्यस्पछी । भने दैनिक जीवनयापनमा केहि सहजता भएको बताए ।
भारतमा काम गर्दा मासिक १५ देखि २० हजारसम्म कमाउने गरे पनि अहिले परिवारका सदस्यहरूसँग सँगै बसेर काम गर्न पाउँदाको खुशी बयान गर्न नसकिने भन्छन ।
कुरामा भन्दा कर्ममा विश्वास गर्ने विसी विदेशीएका युवाहरूलाई आफ्नो क्षमता अनुसारको काम गर्न देशमानै सकिने सुझाउँछन ।
अरुले दिने काम भन्दा पनि मुख्य कुरा काम सानो वा ठुलो नहुने, साथसाथै फरक क्षमता भएका व्यक्ति पनि क्षमतावान व्यक्ति भन्दा कमजोर हुदैन भन्ने उदाहरण बनेका छन गंगा बिसी ।