
आज(बुधबार) बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको छ । अघिल्लो साताको निषेधाज्ञामा केही हेरफेर भएको थियो भने आज बाट थप खुकुलो बनाइएको छ।
यस अनुरुप आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप भएको छ ।
जिल्ला प्रशासन कार्यलयले जारी गरेको सुचना अनुसार खुल्ला स्थानमा भिडभाड हुन, भेला हुन तथा जुलुस गर्न रोक लगाइएको छ । त्यस्तै नित्य पूजापाठबाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालनमा पनि रोक लगाइएको छ भने शैक्षिक संस्थाहरु सन्चालन हुन पाउने छैनन् ।
अत्यावश्यक वस्तु वा सेवा मध्य खाध्य वस्तु बिक्री वितरण गर्नलाई साँझमा पनि पसल खोल्ने अनुमती दिईएको छ । यसपछी भने पसलहरु बेलुका ५ बजे देखी ७ बजे सम्म खुल्न पाउनेछन ।
त्यस्तै काठमाडौं उपत्यकामा केही व्यवसायहरु बारअनुसार मात्र सन्चालन गर्न पाइने व्यवस्था गरिएको छ। जारी सूचना अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसल साताको तीन दिन मात्र खुल्नेछन्। यसैगरी, भाँडा र भान्साजन्य बस्तुका पसल आइतबार, मंगलबार र शुक्रबार मात्र खुल्नेछन्।
फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सोमबार र बुधवार २ दिन मात्र खुल्नेछन ।


