
सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको नारायगणगढ-मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
गएराती देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकखण्ड साढे २ बजेदेखि सुचारु भएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरले चारकिलोको पहिरो सफा गरेर साढे २ बजेदेखि सडक दुइतर्फी नै संचालन भएको जानकारी दिएको छ ।
सो सडकको घुमाउने, भालुढुङ्गा, चारकिलो र पाँचकिलोमा ठूला पहिरा खसेका थिए ।
सोमबार राति शुरुमा १०:३० बजे चारकिलोमा पहिरो खसेको थियो । रातको समयमा क्रमशः अन्य ठाउँमा पहिरो खसेको खनालले बताए । सोमबार दिउँसो पनि सो सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।