
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना गरेर उपत्यकामा ७३७ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६७६ रहेको थियो ।
यस संगै आजसम्म काठमाडौंमा ११,२३५ जना, ललितपुरमा १,९०६ जना र भक्तपुरमा १,१४० जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १४,२८१ पुगेको छ ।
देशभर आज थपिएका मध्ये ४७ दशमलव ८८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।