
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना गरेर उपत्यकामा ७११ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ८५९ रहेको थियो ।
यस संगै आजसम्म काठमाडौंमा १३,०१४ जना, ललितपुरमा १,४८४ जना र भक्तपुरमा १,३५१ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १५,८४९ पुगेको छ ।
देशभर आज थपिएका मध्ये ५९ दशमलव ०५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।