
काठमाडौं महानगरपालिका भित्रका ४४१ जना कोरोना संक्रमित सम्पर्कमा छैनन । आइतबार बिहान जारी तथ्याड़कमा उक्त कुराको जानकारी गराइएको हो ।
कोरोना संक्रमण पुष्टी भएपछी सम्पर्कबिहिन भएका व्यक्तिहरुको माध्यमबाट समुदायमा कोरोना फैलिने डर पनि उत्तिकै बढेको छ ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले यसरी सम्पर्क विहीन भएकाको पहिचान गर्ने जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको छ ।
