
आर्सनलले इंग्लिस प्रिमियर लिगमा दोश्रो खेल जित्दै विजयी यात्रा जारी राखेको छ। शनिबार राति भएको खेलमा वेस्टहाम विरुद्ध २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
खेलको सुरुवातमा वेस्टह्यामले घरेलु टोलीमाथि दवाव बढाएको थियो । पहिलो हाफमा १–१ को बराबरी मा रहेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
खेलको २५ औं मिनेटमा लाकाजेटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए पनि ४५औं मिनेटमा वेस्टह्यामका माइकल एन्टोनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा एन्टोनियोको हेडर क्रसबारमा लागेर बाहिरिदा वेस्टह्यामले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
८५औं मिनेटमा ड्यानियल सेवालोसको पासमा इडवार्ड एनकेटियाले खाली पोस्टमा गोल गर्दै आर्सनलाई २–१ को जित दिलाए । लगातार दोस्रो जितपछि आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ ।