
दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका सुल्ली घरमा मृतावस्थामा फेला परेकी छन्।
गायिकाका म्यानेजरले उनलाई दक्षिण कोरियाको सियोल नजिकै उनको घरमा मृत फेला पारेका थिए । पुलिसले उनको मृत्युको कारण पत्ता लगाउनका लागि अनुसन्धान गरिरहेको छ र उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेका छन् ।
पच्चीस वर्षीया सुल्लीका सन् २०१५ सम्म इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर थिए। तर पछि व्यावसायिक रूपमा अभिनय गर्न भन्दै उनले इन्स्टाग्राम चलाउन छोडिन्।
वास्तविक नाम चोय जीन–री भएकी उनले अनलाईनमा हिंसा भोगेका कारण के–पपको काम छोडेको धेरैले बताउने गरेका छन् ।
उनी महिलाहरू मात्र रहेको साङ्गीतिक समूह एफएक्सकी गायिका रूपमा परिचित थिइन्। सन् २०१५ मा उनी त्यो समूहबाट बाहिरिइन्। विभिन्न विवादमा पनि परेकी उनी पहिलो पटक ११ वर्षको उमेरमा एउटा टेलिभिजन धारावाहिक शृङ्खलामा देखिएकी थिइन्।
उनी ‘नो ब्रा’ स्क्यान्डलमा पनि समावेश भइन् जहाँ उनले विभिन्न कार्यक्रममा थुप्रै पटक ‘निप्पल’ पनि देखाएकी थिइन् ।
उनको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो जसमा उनले अत्यधिक आलोचना खेप्नु परेको थियो ।
अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो जसले पुनः दक्षिण कोरियाभरी विवाद निम्त्याएको थियो ।