
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जना गरेर उपत्यकामा ६७४ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ७६६ रहेको थियो ।
यस संगै आजसम्म काठमाडौंमा १४,१५४ जना, ललितपुरमा १,६१० जना र भक्तपुरमा १,५२६ जना गरेर काठमाडौं उपत्यकमा संक्रमित संख्या १७,२९० पुगेको छ ।
देशभर आज थपिएका मध्ये ५८ दशमलव ४० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका मात्रै रहेका छन्।
त्यसैगरी काठमाडौं महानगरपालिका अन्तर्गत शहरी स्वास्थ महाशाखाकाले जारी गरेको सुचना अनुसार महानगरपालिका भित्रका ४२२ जना कोरोना संक्रमित सम्पर्कमा छैनन ।
कोरोना संक्रमण पुष्टी भएपछी सम्पर्कबिहिन भएका व्यक्तिहरुको माध्यमबाट समुदायमा कोरोना फैलिने डर बढेको छ ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले यसरी सम्पर्क विहीन भएकाको पहिचान गर्ने जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको छ ।
