
बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको सबैले चर्चा गर्ने गरेका छन । उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् ।
उनी आफूले भने आफू आलुजस्तो देखिने गरेको बताएकी छिन् । पछिल्लो समय आफूले खानपिनमा ध्यान नदिएकाले आलुजस्तो डल्लोडल्लो देखिन लागेको उनको बुझाइ छ ।
दिशा नयाँ फिल्म मंगलको सुटिङको तयारीमा छिन् । सोही क्रममा उनले डाइट र एक्सरसाइजमा ध्यान दिन नपाएकाले आफूलाई आलुजस्तो भएको महसुस गरेको बताएकी हुन् ।
उनले तीन दिन खानामा चिटिङ गर्नाले आफ्नो यस्तो स्थिति आएको खुलाएकी छिन् । मोहित सुरीको निर्देशनमा बन्ने मंगलमा उनको हिरो आदित्य राय कपूर छन् । उनले मंगलका लागि स्विमिङ ट्रेनिङ लिइरहेको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।