९ बैशाख २०८२, मंगलवार

जिल्ला सभापति दुव्र्यवहारप्रति काँग्रेसको आपत्ति

gulmi jhadap

नेपाली काँग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ ।

कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको ¥याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका जिल्ला नेतृत्व र नेता कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको र पार्टीका जिल्ला सभापति भन्ने जानकारी हुँदाहुँदै पनि जिल्ला पार्टी सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत घाइते हुनुभएको काँग्रेसले जनाएको छ । गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न माग गर्दै काँग्रेसले आगामी दिनमा यस्ता प्रकारका घटना नदोहो¥याउन गृह प्रशासनलाई चेतावनी दिएको छ ।