
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीमाथि बलात्कारको आरोप लागेको छ । सिद्दीकीमाथि श्रीमतिद्वारा करणीको आफ्नै अलग भइसकेकी श्रीमती आलियाले बलात्कार र ठगीको आरोप लगाएका हुन साथै उनिविरुद्ध लिखित उजूरि मुम्बईको वर्सोवा प्रहरी चौकीमा दर्ता गराएका हुन । आलियाको गुनासोमा प्रहरीले एफआईआर दर्ता गरेको छ।
उनिबिरुद्व लिखित गुनासो पेश गर्दै आलियाका वकिलले भने, “आलियाले वर्सोवा प्रहरी चौकीमा बलात्कार, ठगीको विस्तृत लिखित उजुरी दर्ता गरेकी छन् ।” नवाजुद्दीन सिद्दीकीबिरूद्ध भारतीय दण्ड विधानको धारा ४२० र ४९३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतमा आलियाले नवाजुद्दीनसँग सम्बन्धविच्छेदको लागि मुद्दा पनि दायर गरिसकेकी छन् ।
आलियाले जुलाई २७ मा नवाजुद्दीन र उनको परिवारविरुद्ध मुम्बईको एक प्रहरी चौकीमा एफआईआर दर्ता गराएकी थिइन् । २७ जुलाईमा दर्ता भएको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप छ। देवरले कुटपिट गरेको समेत उनले बताएकी छिन् ।
त्यसयता उनीहरूले एकअर्काको विरूद्ध आरोपप्रत्यारोप गर्दै आइरहेका छन्।
पत्नी पायलले एक साता अघि नवाज र आफ्ना परिवारका चार सदस्य विरूद्ध नवाजको गृहनगरमा उजुरी दिएकी थिइन्।
आलियाले जानी जानी कोहीमाथि चोट पुर्याएको, शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको, धम्की दिएको तथा आपराधिक कार्य गरेको आरोप लगाएकी छिन्। देवर मिनाजुद्दीनले उनकी छोरीमाथी २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडिओ समेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी थिइन्
कोभिड-१९ को लकडाउनका कारण नवाजुद्दीन सिद्दीकी मुम्बईबाट आफ्नै घर बुद्धानामा फर्किएका छन् । उनी अहिले घरमै रहेका छन्। नवाजुद्दीन सिद्दीकीकी पत्नी आलियाले पेश गरेको उजुरीमाथि नवाजका परिवारका तर्फबाट भाइ फैजुउद्दीन सिद्दीकीले नवाजुद्दीनले आलिया सिद्दीकीसँग सम्बन्धविच्छेद गरिसकेको बताएका थिए। यस बिषयमा उनले भनेका छन् ,’आलियाले मेराे परिवारमाथि झूटा आरोप लगाउँदैछिन, जुन निराधार गलत रहेकाे टिपपनि गरेका छन ।