
खोटाङको दिक्तेल स्वोल्मा गाँउको साधारण परिवारमा जन्मिएका केशब भावुक हाल राजधानिमा बसेर संगीत क्षेत्रमा संघर्ष गरिरहेका छन । सानैदेखि गीत गाउन रुचाउने केशबले हालसम्म कस्को भरमा, छाडेपनि यो हावा बहन, एक चिलिम तानेको, दुख्छ मुटु धडकि-धडकि, कस्को भरमा चलेको छ लगायत दर्जनौ गीतहरु गाइसकेका छन । त्यस्तै लगभग दर्जन बढि गीतमा संगीत पनि भरिसकेका छन । संगीतको कुनै पनि क्लास नलिएको केशबले नेपालको चर्चित गायीकाहरुसंग गीत गाइसकेका छन ।
गायन संगीतसंगै आफै गीतसमेत लेख्ने भावुक नेपालको बिभिन्न जिल्लामा पुगेर आफ्नो सांगीतिक प्रस्तुतिसमेत दिइसकेका छन । प्राय सबै प्याटनका गीत गाउनसक्ने क्षमता भएका केशबसंग नेपाल घटनाको कुराकानी
तपाईं गीतसंगीत क्षेत्रमा कसरी लाग्नुभयो ?
सानैदेखि गीत गाउन रुचाउथे र परिवारमा आर्थिक समस्याका कारण बैदेशिक रोजगारिमा गएको र बिदेशबाट आएर एल्बमको तयारि गर्दा अन्यबाट पनि अफर आएको र त्यहिबाट यस क्षेत्रमा निरन्तर लागे
यस क्षेत्रमा जिवनयापन गर्न कतिको गार्हो छ ?
गाह्रो भन्दा पनि यश क्षेत्रमा सुरतालबिनाको गायक हिट छन । राम्रो प्रतिभा भएकाहरुलाइ कसैको नजरमा पर्न नसक्ने भएकाले पनि गार्हो छ । यो देशको ईतिहास हेर्दा पनि राम्रो मान्छेलाइ टिक्न गार्हो छ । बाँकी त जसोतसो चलिराकै छ ।
तपाइले संगीतको ३ वटै बिधा साथै मोडलिङ पनि गरिरहनुभएको छ कतिको गार्हो हुन्छ ?
हरेक कुराको सृजना गर्न त गार्हो छ तरपनि आफु यसै क्षेत्रमै लागेको हुनाले संघर्ष गरिरहेको छु ।
नेपालको को को कलाकारहरुसंग गीत गाइसक्नुभयो र अनुभव कस्तो रह्यो ?
नेपालको ठुलादेखि साना स्टारसंग गीतहरु गाइसकेको छु । अनुभबको बारेमा भन्नुपर्दा ठिकै रह्यो कहि सिक्ने मौका पाइयो कहि सिकाउने मौका पाइयो ।
तपाइले आफुलाई बिशेषचाहि कस्तो प्रकारको गीत गाउन मन लाग्छ ?
मैले प्राय सबै प्रकारको गीत गाइसकेको छु । यसमध्ये पनि आधुनिक र चलचित्रको गीत गाउन मन लाग्छ ।

पछिल्लो समय भाइरल भन्नेबितिक्कै अश्लिलता बेसुरा र गाउबाट उठाइएका नया जसले साधना गरेको छैन जसले मेहनत गरेको छैन उनिहरु चर्चामा आइरहेका बेला यसलाइ तपाइले कसरी हेर्नुभएको छ ?
पहिलो कुरा त बिना मेहनतको खाने चलन छैन । सबैलाइ थाहा छ भाइरल भाइरस र ट्रेन्डिङ केही दिनको लागि मात्र हो ।
म भाइरल यस क्षेत्रमा आएको हैन अश्लिलता र बेसुरा गायनले पैसा कमाउला केही समय नाम पनि कमाउला तर त्यसले समाजलाइ कतातिर धकेल्छ यो बिषयमा बुझ्न जरुरि छ । म भाइरल भन्दापनि सदाबहार बन्न रुचाउछु ताकि भाबि सन्ततिले पनि मेरा गीतसंगीतलाई माया गरून् बाँकी रह्यो किन मेहनतको चर्चा यो देशमा किलोवार्ड क्षमता भएको ब्यक्तिलाई मेघावर्डको प्रचार गरिन्छ । अनि मेघावर्ड चाहिँ निसास्सिएरै मर्छन ।
तपाईं निरन्तर यसै क्षेत्रमा हुनुहुन्छ र तपाइको क्षमताअनुसार किन चर्चामा आउनुभएन ?
नाताबाद पूजिबाद लाग्ने देशमा क्षमताको के कुरा गर्ने र अर्को कुरा म युउटुबको भिउजलाई र फेसबुकको लाइकलाई हिट मान्दिन पब्जिका आर्मि र टिकटकका कलाकारलाई म भ्यालु राख्दिन । शोहि कारण पनि म चर्चामा छैन किनभने गुगललाई पैसा तिरेर म हिट हुनु छैन ।
मेरो नजरमा हिट भनेको काम पाइरहनु दर्शक र श्रोतालाई नयाँ कोशेलि पस्किरहनु र राम्रो गीत गाउन सक्नुलाई हिट मानिन्छ ।

तपाइलाइ यस क्षेत्रमा घरपरिवार र आफन्तको के कस्तो सहयोग छ ?
मेरो परिवाबाट ठिकै सहयोग छ । साथै यहा मलाइ माया गर्ने भनेको आम नेपाली दर्शक श्रोता मेरा सहयागि अबिभाबकहरु गोबिन्द गुरुङ (ज्याक) , सुधा मरहर्ठा, पेमा शेर्पा, बिमला लिम्बू लगायत केही ब्यक्तित्व हुनुहुन्छ जसले मलाइ अहिलेसम्म यस क्षेत्रमा टिकाइरहनुभएको छ ।
अन्त्यमा तपाइको नया कोशेलिहरु के के छन र दर्शक श्रोतालाइ के भन्न चाहनुहुन्छ ?
नयाँ कोशेलि पछिल्लो समय गीतहरु रिलिजको तयारिमा धेरै छन । आफ्नो प्रोजेक्टचाहि दशै तिहारको गीतहरु सुटिङ भइरहेको छ । रचना रिमाल र मेरो गीत रिलिजको तयारिमा रहेको छ । बाँकी कुरा त स्वास्थ्य रहनुहोला मस्त रहनुहोला आउदै गरेको २०७७ सालको आउदै गरेको नेपालिहरुको महान चाड बिजयदशमि तथा शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । / जय गीत जय संगीत