
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई ठुलो रकम जरिवाना लागेको छ ।
बिहीबार भएको पञ्जाबविरुद्धको खेलमा स्लो ओभर रेटका (बलिङ इनिङ सकाउन समय लगाएका ) कारण उनलाई १२ लाख भारु अर्थात् १९ लाख नेपाली रुपैयाँ जरिवाना तिराइएको हो ।
कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो।
उक्त खेलमा बैंगलोरले लज्जास्पद हार व्यहोरेको थियो । पञ्जाबले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १०९ रनमै समेटिँदा ९७ रनको हार व्यहोरेको थियो ।
आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लङघन’सँग सम्बन्धित नियमअनुसार कोहलीमाथि जरिवाना गरिएको हो।

दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए।
खेलमा कोहली एक रनमै आउट भएका थिए । यसअघि पञ्जाबका कप्तान केएल राहुलले १३२ रनको उत्कृष्ट पारी खेलेका थिए । उनै राहुल ८३ र ८९ रनमा खेलिरहँदा कोहलीले नै दुईपटक उनको क्याच छोडेका थिए ।
जुन बेंग्लोरका लागि महँगो सावित भयो। किनभने जीवनदान पाएका राहुलले शतक प्रहार गर्दा बेंग्लोरले विशाल लक्ष्य पाएको थियो।
राहुलले नटआउट १३२ रन जोड्दा पञ्जावले २ सय ६ रनको विशाल योगफल खडा गर्यो। शतकसँगै राहुलले आइपिएलको एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने भारतीय ब्याट्सम्यानको रेकर्ड बनाए।

बिहीबार भएको छैटौं खेलमा विराट कोहली, एबीडी भिलर्स र एरोन फिच्न जस्ता स्टार ब्याट्सम्यान रहेको आरसीबी पञ्जावको स्पीन आक्रमण अगाडि टिक्न सकेन । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको पञ्जावका लागि कप्तान राहुलले ६९ बलमा नटआउट १३२ रन बनाउँदा टिमले २०६ रन बनायो।
पहिलो खेलमा जित निकालेको बेंग्लोरले दोस्रो खेलमा राम्रो ब्याटिङ गर्न नसक्दा १०९ रनमै अलआउट भयो।
यता पहिलो खेलमा दिल्लीसँग पराजित भएको पञ्जावले सिजनमा पहिलो जित निकालेको छ।