
राष्ट्रिय मानवअधिकार आयोगले प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर मारेको ठहर गरेको छ ।
कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ ।
स्थलगत अनुसन्धानपछि सोमबार बसेको आयोगको बैठकले यस्तो निकालेको हो । पौडेल सर्लाहीको लालबन्दी नगरपालिकास्थित जंगलमा गत असार ४ गते मारिएका थिए। आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त काण्डमा तानिएका छन् ।
गोली प्रहारको निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत आयोगले कारबाहीको सिफारिस गरेकाले प्रहरीभित्र उक्त काण्डले ठूलै छटपटि ल्याएको छ । प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको आयोगको निष्कर्ष छ ।
आयोगको स्थलगत अनुसन्धानबाट पौडेललाई ९ गोली हानी मारिएको र दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले उक्त घटनापछि शव परिक्षण गर्ने जिल्ला अस्पतालका डाक्टर वीरेन्द्रकुमार यादव,इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई समेत कारबाही गर्नपनि निर्देशन दिएको छ । पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानेर मारिएको आयोगको भनाई रहेको छ ।