
जिल्लामा निषेधाज्ञाका बेला भीडभाड गरी नाचगान गरेको र रोक्न खोज्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका४ बाट एक युवकलाई पक्राउ गरेको छ ।
गाउँमा नाचगान गरिरहेका बेला प्रहरी चौकी झाझपट्टीबाट खटिएको टोलीले रोक्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा स्थानीय सञ्जीवकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी ल्याई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।