
पछिल्लो समय गीतका शब्दमा अश्ल्लि र समाजमा विृकति भित्र्याउने खालका शब्द प्रयोग हुन थालेपछि कलाकारहरु कानुनी दायरामा आउन थालेका छन् । चर्चित र्यापर भिटेन आज पक्राउ परेका हुन ।
चर्चित र्यापर भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।
उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।