
प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायकरथीबाट बढुवा हुनुभएका शरदलाल श्रेष्ठलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।
सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उपरथी श्रेष्ठलाई दज्र्यानी चिह्न लगाइदिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्त्रिपरिषद्को यही असोज १२ गतेको बैठकले उहाँलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । प्राविधिक उपरथी श्रेष्ठलाई जङ्गी अड्डाले इन्जिनीयरिङ विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।