९ बैशाख २०८२, मंगलवार

आयल निगमका कार्यकारी निर्देशकलाई कोरोना पुष्टि

surendra poudel

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीबार पोजेटिभ रिपोट आएको उहाँले जानकारी दिनुभयो ।

“स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन”, उहाँले भन्नुभयो ।

निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।