
निर्देशक सत्यराज चौलागाईं अनुराग पछि नयाँ चलचित्र लिएर आउने भएका छन । चलेका कलाकार सबै व्यस्त भएका कारण ‘अन्तरे’ खोज्न ढिला भएको चौलागाईं बताउछन ।
रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’ लाई राज पण्डित र सुबास राईले लगानी गर्दैछन । ‘अन्तरे’ एक समसामायिक कथा हो ।
यो लभ र बिछोड भन्दा नि मान्छेको जिबनमा आवश्यक र त्यसमाथीको युद्ध मा चलचित्र रहेको निर्देशक चौलागाई बताउछन । त्यही अनुरूप कलाकार छनोट गर्न समय अलिक लागेको बताउछन ।
चलचित्रले मनोरञ्जन सङै केही सन्देश पनि दिओस भन्ने हेतुले यसपाली अलिक फरक कथावस्तुमा काम गर्न लागेको निर्माण टीम बताउछन । आउँदो बर्ष रिलिज तार्गेट राखेका चलचित्र ‘अन्तरे’, कलाकार फिक्स हुने बितिकै फ्लोरमा जान रेडी रहेको बताएका छन ।