
सरकारले सातओटै प्रदेशका प्रदेशप्रमुखहरुलाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।
सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खन्ड (ख) बमोजिम प्रदेशप्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
पदमुक्त हुनेहरुमा
क्र।सं। नामथर प्रदेश
१. प्रा।डा। गोविन्द बहादुर तुम्बाहाङ, धनकुटा १
२. श्री रत्नेश्वर लाल (कायस्थ), काठमाडौं २
३. श्री अनुराधा कोइराला, काठमाडौं ३
४. श्री बाबुराम कुवंर, अर्घाखाँची गण्डकी प्रदेश
५. श्री उमाकान्त झा, धनुषा ५
६. श्री दुर्गा केशर खनाल, सुर्खेत कर्णाली प्रदेश
७. श्री मोहनराज मल्ल, कैलाली सुदुर पश्चिम प्रदेश