
नेपालमा आज (शनिवार) १९,३२० पिसिआर टेस्ट भएकोमा थप ५,००८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ३०,८१८ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,६८६ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,२२९ जना र आज सम्म ७४,२५२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा २१००, ललितपुरमा ३६९ भक्तपुरमा २०३ गरी जम्मा २,६७२ जना नयाँ संक्रमित थपिएका छन ।
प्रदेश अनुसार आईसियुमा ३२१ जना उपचाररत छन जसमा प्रदेश १ मा ३०, प्रदेश २ मा २०, बाग्मती प्रदेशमा १९६, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ५१ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुर पश्चिममा १ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ११ जना, प्रदेश २ मा १ जना, बाग्मती प्रदेशमा ५७ जना र लुम्बिनी प्रदेशमा ७ जना गरी जम्मा ७७ जना उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा १४ जनाको निधन भएको छ । हालसम्म मृतक ६१४ जनामा कोरोना पुष्टि भएको छ।