८ बैशाख २०८२, सोमबार

अफगानी धार्मिक विद्वानहरूद्वारा युद्धविरामका लागि आह्वान

taliban attack
फाइल फोटो

अफगानिस्तानको लडाई बढेकोप्रति उलेमा अर्थात् धार्मिक विद्वानहरूले आइतबार उत्तरी कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा आयोजित भेलामा मुलुकमा भइरहेको द्वन्द्व र दुश्मनीलाई नाजायज ठहराएको छ । समूहले तालिवानी समूहलाई युद्धविराम अवलोकन गर्न र शान्ति वार्तालाई सफल हुन सहयोग पु¥याउन आह्वान गरेको छ ।

समस्याग्रस्त कुन्दुज प्रान्तको धार्मिक परिषद्का प्रमुख मौलावी मोहम्मद अकेल सिरतल बोलाएको भेलामा कञ्जुद शहरका सयौं व्यक्तिहरूले भाग लिएका थिए ।

भेलाका सहभागीले भने, “अफगानिस्तानका जनता लडाईदेखि निराश भएका छन्, हाम्रो लामो विनाशकारी युद्ध जसले हाम्रो देशलाई ध्वस्त पारेको छ र जनताको जीवन र सम्पत्ति विनास गरेको छ । अब पनि युद्धलाई जारी राखे देशको अस्थित्व नै खतरामा पर्नेछ ।”

आफ्नो भाषणमा, मौलावीले दोहामा चलिरहेको अन्तर–अफगानी सम्वादलाई समर्थन गर्नुभयो र तालिवानी समूहलाई अफगानीको इच्छाको सम्मान गर्न र हिंसा रोक्न आग्रह गर्नुभयो ।

“मैले तालिवानलाई हिंसा रोक्न, युद्धविरामको समीक्षा गर्न र त्यसपछि सरकारसँगको वार्तामा आफ्ना मागहरू प्रस्तुत गर्न आग्रह गरिरहेको छु,” अकेलले सहभागी सबैसँग भन्नुभयो ।

ती धार्मिक विद्वानले दोहामा चलिरहेको तर कठिन अन्तर–अफगानिस्तान वार्ता र अफगानिस्तानमा बढ्दो विद्रोहबीच युद्धविरामको लागि आह्वान गरेका थिए ।

अफगानिस्तान सरकारको वार्ता टोली १२ सेप्टेम्बरदेखि दोहामा तालिवान प्रतिनिधिहरूसँग अफगानिस्तानको लामो द्वन्द्वको राजनीतिक समाधानको लागि जुटेको छ तर कुनै ठोस प्रगति भने भएको छैन ।

मुलुकमा विगत २४ घण्टामा १० सुरक्षाकर्मी, र ५० भन्दा बढी लडाकू र तीन सर्वसाधारण व्यक्ति मारिएपछि भएको उक्त भेलालाई अफगानी शान्तिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

धार्मिक नेतृत्वले तालिवानी समूहलाई देशमा द्वन्द्वको अन्त्य अर्थात् कम्तीमा हिंसालाई रोक्न आग्रह गरेको हो ।

तालिबानी संगठनले क्रिसमसमा आफ्नो सेना फिर्ता लैजाने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटलाई स्वागत गरेको छ भने अफगानिस्तानको भावी प्रणालीमा सहमति हुनु अघि युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।