
नेपालमा आज (मंगलवार) १५,५७७ पिसिआर टेस्ट भएकोमा थप ३,५५६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ३५,९१५ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । हाल क्वारेन्टाइनमा ४,९७५ जना रहेका छन । पछिल्लो २४ घण्टामा १,५०३ जना र आज सम्म ७८,७८० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा १७४६, ललितपुरमा २१६ भक्तपुरमा १६७ गरी जम्मा २,१२९ जना नयाँ संक्रमित थपिएका छन ।
प्रदेश अनुसार आईसियुमा ३०७ जना उपचाररत छन जसमा प्रदेश १ मा ३९, प्रदेश २ मा २०, बाग्मती प्रदेशमा १६९, गण्डकी प्रदेशमा ६ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेशमा १९ जना र सुदुर पश्चिममा ४ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ५ जना, बाग्मती प्रदेशमा ५७ जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा ६६ जना उपचाररत रहेका छन ।
पछिल्लो २४ घण्टामा १८ जनाको निधन भएको छ । हालसम्म मृतक ६६३ जनामा कोरोना पुष्टि भएको छ।